‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ रिलिज

‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ रिलिज

द सिनेमा टाइम्स
294
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘खजुरे ब्रो’को गीत रिलिज गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत ‘लभ गर्ने मान्छे’ रिलिज गरिएको हो ।

अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा संगीतकार गुरुङ र अनुपम गुरुङको स्वर सुन्न सकिन्छ । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरु सवैलाई स्थान दिइएको छ । सार्वजनिक गीतमा अभिनेत्री नीति शाहलाई अभिनेता रियर राईको लभ इन्ट्रेस्टको रुपमा प्रस्तुत गरिएको छ ।

मिस नेपाल इन्टरनेसनल २०१८ नीतिको यो डेव्यु सिनेमा हो । यसअघि उनले केही सिनेमा साइन गरेपनि ति सिनेमा निर्माण हुन सकेका थिएनन् । यो सिनेमामा नीतिको जोडी रेयर राईसँग बाँधिएको छ । यो सिनेमामा धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङले पनि बिशेष भुमिका निवार्ह गरेका छन् । उनको सिनेमामा १ मिनेट लामो केमियो रहेको निर्माण टिमले जनाएको छ ।

सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको सिनेमामा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको अभिनय रहेको छ । सिनेमा लाइट-कमेडी जनरामा निर्माण भएको छ । धरानमा चर्चित मानिएका खजुरे पात्रबाट प्रभावित भएर सिनेमा निर्माण भएको हो ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । शिशिर बिसंखेको छायांकन रहेको सिनेमामा अनमोल गुरुङको संगीत छ । सिनेमाको सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् ।