बसन्त निरौलाको ‘ज्वाइँ साब’मा जितु नेपाल अनुबन्धित

बसन्त निरौलाको ‘ज्वाइँ साब’मा जितु नेपाल अनुबन्धित

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बसन्त निरौलाको निर्देशनमा निर्माण हुने सिनेमा ‘ज्वाइँ साब’मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । उनी दिपक-दिपाको सहुमबाट अलग भएपछि उनी स्वतन्त्र रुपमा बाहिरी व्यानरका सिनेमामा काम गर्दै आइरहेका छन् । गत वर्ष उनी अभिनीत फिल्म ‘ह्यारी कि प्यारी’ रिलिज भएको थियो ।

उनी अब चाँडै यम शेर्पाको निर्देशनमा निर्माण हुने ‘कार्साङ’मा काम गर्दैछन् । यो सिनेमा पछि उनी निर्देशक बसन्त निरौलाको सिनेमा ‘ज्वाइँ साब’को छायांकनमा जोडिने छन् । सिनेमामा उनले ज्वाइँको भूमिकामा अभिनय गर्ने जनाइएको छ । अर्थात् सिनेमा नै उनीमाथि केन्द्रित हुनेछ ।

राज कुमार पण्डितको निर्माण रहने सिनेमाले सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा भन्ने निर्देशक निरौलाले बताए । रेड आई फिल्मस्ले ओएसआर डिजिटल र मौसम फिल्मस्सँग सहकार्य गरेर निर्माण गर्न लागेको सिनेमालाई आगामी वर्ष २०८१ को तिहारमा प्रदर्शन गरिनेछ ।

सिनेमाको निर्माताहरुमा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङ छन् भने विजय बस्याल कार्यकारी निर्माता हुन् । सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन रहेको सिनेमाको आगामी बैशाख १५ गतेबाट छायांकन सुरु गर्ने तयारी भइरहेको छ ।