‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक

‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनिता पण्डितको निर्देशनमा निर्माण भएको सिनेमा ‘मीरा : स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको संघर्षपूर्ण कथा देखाइएको छ । साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा दर्साइएको छ ।

एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको कथामा सिनेमा निर्माण भएको सिनेमाकी मुख्ख अभिनेत्री तथा निर्देशक अनिता पण्डितले बताइन् । अनेकौं आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो सिनेमाले अहम् भूमिका खेल्ने विश्वास उनको छ ।

केही दिनपछि लक्षित दर्शकहरूको लागि विशेष प्रिमियर शोहरूको आयोजना गर्ने तयारी निर्माण टिमको छ । हल रिलिजको लागि पनि सिनेमा तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने बताइन् ।

आश्वि फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा अनिताका अलवा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ ।

विशाल घिमिरे तथा अनिता पण्डित निर्माता रहेको सिनेमामा सोहन पण्डित सह-निर्मातामा छन् । सिनेमामा अनिल कटुवालको छायांकन, एलिस कार्कीको संगीत, विजेश पौडेलको सम्पादन र पवित्रा घिमिरेको शब्द रचना छ ।