सन्तोष सेनको मेगा प्रोजेक्ट ‘बलिदान’मा ऋचा शर्मा अनुबन्धित

सन्तोष सेनको मेगा प्रोजेक्ट ‘बलिदान’मा ऋचा शर्मा अनुबन्धित

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सन्तोष सेनको निर्माण तथा निर्देशन रहने मेगा प्रोजेक्ट ‘बलिदान’को मुख्य भूमिकाहरु मध्ये एक भूमिकामा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छन् । सिनेमामा काम गर्नको लागि शर्मासँग कागजी सम्झौता भएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।

शर्माले निभाउने भूमिकाको विषयमा भने सेनले खुलाएका छैनन् । यद्यपि सिनेमाको मुख्ख भुमिका रहेको उनले बताए । आगामी वर्ष २०८१ मा रिलिज हुने ‘बलिदान’बाट मुख्य अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दैछन् । समीर नेपाली सिनेमामा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो सिनेमा रहने निर्देशक सेनले बताएका छन् । यो सिनेमालाई निर्माता तथा निर्देशक सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाई राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह-निर्माता प्रेम पुरी रहेका छन् ।