जेठ १० मा आर्यन, प्रदीप र पल स्टारर ‘पूजार सार्की’ रिलिज घोषणा

जेठ १० मा आर्यन, प्रदीप र पल स्टारर ‘पूजार सार्की’ रिलिज घोषणा

द सिनेमा टाइम्स
329
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार ‘पूजार सार्की’को दुई पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह आ-आफ्नो चरित्रमा चित्रित छन् ।

यसअघि नै उनीहरुको क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको थियो । सिनेमाको पोस्टरले यी तीन पात्र साथी रहेको बुझाउँछ । निर्देशक दिनेश राउतले निर्माता र वितरकको सल्लाह अनुसार प्रदर्शन मिति घोषणा गरिएको बताए । जातीय विभेदविरुद्धको कथामा आधारित भएर सिनेमा बनेको छ ।

विकास सुवेदीको लेखन रहेको सिनेमामा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, प्रेम सुब्बा, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । संगीतकार सुवास भुसालको निर्माण रहेको सिनेमामा राजेश श्रेष्ठको छायांकन छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमामा निर्माता भुषाल स्वयंको संगीत छ भने हर्क साउद, बि पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत रचना, हिमाल केसीले द्वन्द्व निर्देशन, सुप्रिम पराजुलीको सम्पादन तथा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ ।

यही मितिमा यसअघि नै अभिनेता अनमोल केसीको ‘फर्की फर्की’ र पूजा शर्माको एक्सन सिनेमा ‘दान्भी’ले रिलिज घोषणा गरिसकेका छन् । यो सँगै जेष्ठ १० गते त्रिपक्षिय बक्सअफिस भिडन्त कन्र्फम भएको हो ।