द सिनेमा टाइम्स, काठमाडौं । रामबाबु गुरुङ नेपाली सिनेमा उद्योगमा यस्तो ब्रान्ड नेम हो, जसका अधिकांश सिनेमा ब्लकबस्टर छन् । नेपालमा सर्वाधिक कमाइ गर्नेसिनेमा उनकै नाममा छ, ‘कबड्डी–४ फाइनल म्याच’ । रामबाबुले नै अहिलेको नेपाली सिने क्षेत्रको हिट दयाहाङ राई र मिरुना मगरकोजोडी दिएका हुन् । ‘अनागरिक’बाट सुरु भएको उनको निर्देशन यात्रा यतिबेला ‘डिग्री माइला’मा आइपुगेको छ । अहिले रामबाबु ‘डिग्री माइला’को प्रचारप्रसारमा व्यस्त छन् ।
चैत ३० गते रिलिज हुने सिनेमा ‘डिग्री माइला’मा केन्द्रित रहेर द सिनेमा टाइम्सले निर्देशकगुरुङसँग गरेको छोटो कुराकानी :
‘डिग्री माइला’ शैक्षिक बेरोजगारको कथा हो ?
हो, गाउँका सामुदायिक स्कुल कलेजमा अंग्रेजी शिक्षकको अभाव छँदैछ । यसको कारण क्षमतावान व्यक्तिको अहमले हो । दक्षता रक्षमता दुवै भएका व्यक्तिमा मैले मेरो क्षमताअनुसार काम पाइन भन्नेछ । क्षमता अनुसारकै काम पाउनुपर्छ भन्ने व्यक्तिको मनोविज्ञानलेकाम गरिरहेको छ ।
यी दुई पक्षबीचको द्वन्द्व नै हाम्रो सिनेमाको मुख्य कथा हो । पढेको क्षमतावान व्यक्तिले आफूले खोजेजस्तो अवसर पाइरहेको छैन भन्नेएउटा पक्ष हो भने अर्को पक्ष राज्यले मेरो क्षमताको पहिचान गरेर खोजेन भन्ने अर्को अहंकारको समिश्रण हो यो सिनेमा ।
यो अवस्था आउनुको मुख्य कारण के हो ?
अहिले गाउँमा गाउँमा सडक, बत्तिलगायत सुविधाको इजी एक्सेस छ । तर मान्छे सहरकेन्द्रित भइरहेको छ । सुविधामुखी भइरहेको छ ।गाउँमा धेरै मान्छे बस्नै छोडिसके । शिक्षक नै बने पनि शहरमा गएर बस्ने भन्नेछ ।
पहिलाको तुलनामा अहिले खेती गर्ने मान्छे कम छन् । खेतबारी छ तर खेती नगरेर चामल किनेर खाने चलन बढेको छ । यो अहिले कल्चर जस्तै बनेको छ ।
डिग्री माइला कस्तो क्यारेक्टर हो ?
शैक्षिक बेरोजगार भनेको सिस्टमले निम्त्याएको प्राविधिक कुरा हो । तर हामीलाई लागेको कुरा हामी बीचको पुस्ता न यतको न उताकोभयौँ भन्ने लाग्छ । हाम्रो सवालमा पनि त्यही भइरहेको छ । पढेको छ तर काम पाइरहेको छैन । क्षमता छ तर त्यसको सदुपयोग नहुँदाहामी पेन्डुलम जस्तै भइरहेका छौँ । यही नै यो सिनेमाको कथा हो । यो चरित्रको कथा हो ।
अहंकार भनेको व्यक्तिगत कुरा हो । डिग्री माइला नेपाली समाजको प्रतिनिधि पात्र हो । यस्ता लाखौँ चरित्र हाम्रोबीचमा छन् । कुनैसंस्था, राज्य, राजदूत र समग्र देश नै चलाउनसक्ने क्षमता म सँग छ । तर मेरो क्षमताअनुसारको काम यो देशमा छैन । मेरोक्षमताअनुसारको काम राज्यले दिँदैन । भन्ने पात्र हो डिग्री माइला ।
‘कबड्डी’ले गरेको ब्यापार जस्तै यो सिनेमाले पनि गर्नुपर्छ भन्ने प्रेसर कतिको हुँदोरहेछ ?
अरुलाई कस्तो लाग्छ तर मलाई यो सिनेमाले पनि कबड्डीकै जस्तो व्यापार गर्नुपर्छ भन्ने लाग्दैन । मेरा अरु सिनेमाको जति नै योसिनेमाले पनि कमाउनुपर्छ भन्ने प्रेसरले म काम गर्दिन ।
तर काम गर्दै जाँदा आशा भने हुन्छ । म प्रोडुसर पनि भएर काम गर्दा बजार अबस्य सोच्छु । म सँगै प्रोडुसर पनि भएकाले मैले उसकालागि पनि त काम गर्नुपर्छ, सोच्नुपर्छ ।
तर कबड्डीले यति ब्यापार गरेको छ यसले यति चाहीँ गर्नैपर्छ भन्ने दबाब भने लिन्न । कम्तीमा लगानी सुरक्षित हुनुपर्छ भन्ने हुन्छ ।सर्जकका हिसावले भने विगतका कामभन्दा यो भिन्न र यो ती सिनेमा भन्दा राम्रो हुनुपर्छ भन्ने हुन्छ ।
दयाहाङ र मिरुनाको जोडी दर्शकले खोजिरहेका छन्, त्यस्तै यो जोडी पनि हिट होला ?
कथाले क्यारेक्टर माग्ने हो । कथा सुहाउँदो क्यारेक्टर हामीले बनाउने हो । यसका लागि हामीले कास्टिङ गर्ने जिम्मा अरुलाई नै दिएकाहुन्छौँ । कुरा रह्यो दया र आँचलको जोडी हिट होलाकी नहोला भन्ने । सिनेमा दर्शकले मन पराउनु भयो भने यो जोडी पनि राम्रो होला ।
सिनेमा भित्रको कलाकार वा क्यारेक्टर हिट हुन सिनेमा हिट हुनुपर्छ । सिनेमा हिट भयो भने यो जोडी पनि हिट होला । दया र मिरुनाकोजोडी सर्वाधिक हिट जोडी हो भन्ने कमेन्ट आइरहेको छ । हो पनि ।
तर कथा, पात्र र कास्टका आधारमा कलाकार छनोट हुने हो । यसलाई धेरैले बुझ्नु हुन्छ । सिनेमा हिट भयो भने यो जोडीलाई पनि दयार मिरुनाको जस्तै दर्शकले रुचाइदिन सक्छ ।
प्रतिक्रिया