‘मनसरा’को डायस्पोरा रिलिज कन्फर्म, सेभेन सिजले किन्यो वितरण अधिकार

‘मनसरा’को डायस्पोरा रिलिज कन्फर्म, सेभेन सिजले किन्यो वितरण अधिकार

द सिनेमा टाइम्स
560
Shares

द सिनेमा टाइम्स, काठमाडौं । उपेन्द्र सुब्बाको दोश्रो निर्देशनमनसराको अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको छ।

नेपाली सिनेमाको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजलेमनसराको वितरण अधिकार किनेको हो ।

सेभेन सिजले सिनेमालाई अष्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्नेछ ।मनसरानिर्माण पक्ष सेभेन सिजबीच आजयसबारेमा कागजी सम्झौता भएको हो ।

सम्झौता पत्रमामनसराबाट उपेन्द्र निर्माता शैलेन्द्र ध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले वितरणसम्बन्धीहस्ताक्षर गरेका हुन् ।

सिनेमा वैशाख २१ गतेबाट (मे तारिख) प्रदर्शनमा आउनेछ ।

मनसरामा दयाहाङ राई, निरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान आदिको प्रमुख भूमिका रहेको छ ।

फस्ट लुक सार्वजनिक भएपछि धेरैको ध्यान तान्न सुरु गरेको सिनेमाले टिजर रिलिजपछि आफ्नो चर्चालाई झनै बढाउँदै लगेको छ ।

सिनेमाले विवाहिता लिम्बुनीको विवाहित छिमेकी बाहुन बाजेसँगको सम्बन्धलाई कथा बनाएको छ । सिनेमाको सार्वजनिक टिजरलेसाधारण कथालाई रोचक बुनाइबाट पेस गर्ने देखाएको छ ।

निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शुअधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सहनिर्माता हुन्

सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको भनेमानाहाङ लावती, मनिक शंखर सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेकोसिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन्

एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको भने जी टु वान डिजिटल पार्टनर बनेको सबैको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमाजारीसिनेमाबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमारिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्न सकिन्छ

जारीले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो पछिल्लो समय सिनेमाको पर्दामा सर्वाधिक रुचाइएकोजोडीमा दयामिरुना पर्छन्