ट्राइलोजीमा साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो ‘एक्लो-१’

ट्राइलोजीमा साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो ‘एक्लो-१’

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई-जोम्बी थ्रिलर सिनेमाले आफ्नो नाम घोषणा गरेको छ । एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष आज सोमबार सिनेमाको नाम सार्वजनिक गरेको हो । सिनेमाको नाम ‘एक्लो-१’ राखिएको छ ।

निर्माणपक्षले सिनेमा सिक्वेलका रुपमा निर्माण गर्न लागेको जानकारी दिएको छ । निर्देशक शाहीले सिनेमा ट्राइलोजी (तीन भाग) मा निर्माण हुने बताए ।

नाम घोषणा गर्दै सार्वजनिक गरिएको यो सिनेमाको पोस्टरले ‘एक्लो-१’ हाल बनिसकेका र बन्दै आइरहेका सिनेमाभन्दा फरक स्वादमा बन्ने देखाएको छ । सार्वजनिक पोस्टरमा पात्रको अनुहार नखुलाइ स्पेस सुटमा प्रस्तुत गरिएको छ। स्पेससुटमा नेपालको झण्डा अंकित भएको देख्न सकिन्छ ।

स्पेससुट लगाएका पात्र को हुन स्पष्ट नभएपनि सिनेमाका प्रमुख अभिनेता प्रदिप खड्का रहेको अनुमान गर्न सकिनछ । यसैगरी पोस्टरमा एक जोम्बी अनुहारलाई नेपथ्यमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक यो शीर्षक पोस्टरले सिनेमाप्रति दर्शकहरुको जिज्ञाशा बढ्ने आशा गर्नसकिन्छ । सिनेमामा प्रदिपका अलावा वेनिशा हमाल,विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती तथा सुनिल थापाको अभिनय रहनेछ । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने सिनेमामा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ ।

हाल सेट डिजाइनको काम र प्री-प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए । निर्माता खत्रीका अनुसार छायाँकनका लागी नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेटको निर्माणको तयारी भई रहेको छ । सिनेमा साउनको अन्तीमबाट छायाँकनमा जाने तयारीमा रहेको छ ।