‘बोक्सीको घर’को ट्रेलर मुभि सेक्सनको शिर्ष स्थानमा

‘बोक्सीको घर’को ट्रेलर मुभि सेक्सनको शिर्ष स्थानमा

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आइताबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरिएको सिनेमा ‘बोक्सीको घर’को ट्रेलरलाई दर्शकले मन पराएका छन् । सिनेमाको ट्रेलर युट्युब ट्रेन्डिङ्ग अर्न्तगत मुभि सेक्सनको शिर्ष स्थानमा छ ।

मुभि सेक्सन अर्न्तगत ट्रेडिङ्गको दोस्रो नम्बरमा बलिउड सिनेमा ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर रहेको छ । यस्तै, तेस्रो नम्बरमा भने आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘डिग्री माइला’को ट्रेलर रहेको छ ।

केकी अधिकारीले निर्माण गरेको सिनेमा बोक्सीको घरको ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै मुभि सेक्सनको शिर्ष स्थानमा पुग्नु सिनेमाप्रति दर्शकमाझ भएको आर्कषण जनाउँछ । सिनेमाको गतसाता रिलिज भएको गीत बुझिन मैलेले दर्शकमाझ सिनेमाको हाइप बढाएको बुझाई निर्माण टिमको छ ।

सिनेमाको ट्रेलरले बोक्सीमा आरोप लगाइएकी एक महिला पात्रलाई पछ्याउँछ । जुन भुमिकामा अभिनेत्री केकी अधिकारी प्रस्तुत छिन् । ट्रेलरमा उनको चरित्रचित्रण प्रभावशाली देखिन्छ । उनको गेटअप र हाउभाउले डर पैदा गराउँछ । सिनेमाको कथा गाउँमा आधारित छ । बालविवाह भएकी एक युवतीलाई बोक्सीको आरोप लगाइन्छ । गाउँघरमा कोही विरामी हुँदा उसैमाथि प्रश्न उठ्छ ।

आगामी बैशाख १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।