निश्चल र स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’ ३४ दिनमा सकियो

निश्चल र स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’ ३४ दिनमा सकियो

द सिनेमा टाइम्स
287
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निश्चल बस्नेत तथा स्वस्तिमा खड्काको अन्स्क्रिन रोमान्स ‘बेहुली फ्रम मेघौली’ ३४ दिनमा प्याकअप भएको छ । सम्पूर्ण छायांकन मेघौली गाउँमा गरिएको यो सिनेमालाई दुई डेब्यू निर्देशक साजन काफ्ले र आकाश बरालले संयूक्त रुपमा गरेका हुन्।

सिनेमाकी निर्मात्री स्वस्तिमा हुन् । स्वस्तिमाको डेब्यू निर्माणमा उनलाई श्रीमान् तथा निर्देशक निश्चल बस्नेतले सघाएका छन् । सिनेमामा निश्चल र स्वस्तिमाका अलावा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय रहेको छ ।

आकाश र साजनकै संयूक्त लेखन रहेको सिनेमा ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण भएको हो । यसअघि आकाशले निश्चल निर्देशित सिनेमा ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए ।

आगामी वर्ष दशैमा रिलिज हुने सिनेमामा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता रहेका छन् । यो सिनेमा रिलिज पश्चात एक्सन सिनेमा निर्माण गर्ने योजना निश्चलको रहेको छ। त्यस्तै २०८४ सालमा निश्चलले ‘दिमाग खराब’को सिक्वेल बनाउने घोषणा गरिसकेका छन् ।