बेलायतका प्रमुख सहरमा ‘रीत’ प्रदर्शन हुने

बेलायतका प्रमुख सहरमा ‘रीत’ प्रदर्शन हुने

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लिम्बु भाषा संस्कृतिमा आधारित सिनेमा ‘रीत’ बेलायतको प्रमुख सहर लण्डनसहित अक्सफोर्ड, स्वीन्डन, वलेस, वेस्टकेन्टलगायतका दर्जन बढी सहरमा प्रदर्शन हुने भएको छ ।

सिनेमाकी निर्मात्री आशा नेम्बाङले लिम्बु जातिको बिहे संस्कृतिमा आधारित यो सिनेमालाई यी सहरमा प्रदर्शन गर्ने निश्चित भएको बताइन् । उनी सिनेमा प्रदर्शनका लागि हाल बेलायतमै छिन् ।

लिम्बु जातिमा मागेर (मागी विवाह) र भगाएर (चोरी बिहे) गरी दुई तरिकाले विवाह हुन्छ । सिनेमाका निर्देशक दिनेश लिङ्देनले बिहेपछि बेहुला पक्षबाट बेहुली पक्ष वा माइतीलाई बुझाउनु पर्ने रीत चलनलाई सिनेमामा देखाइने बताए ।

फाल्गुनन्द लिङदेन फिल्म्सद्वारा निर्माण गरिएको सिनेमाको निर्माता होमकुमार लावती, आशा नेम्बाङ र विष्णुकुमार इङ्नाम हुन् । सिनेमामा मान तबेबुङ र अशोक राईको संगीत, दिनेश माङमु लिम्बकोु नृत्य, मिक हाङ लिङदेनको प्रस्तुति, सागर केरुङको कथा छ ।

सिनेमामा तान्छोहाङ इङ्नाम, विमला खजुम लिम्बु, लक्ष्मी योङहाङ, याशेली योङहाङ, सागर केरुङ, दिनेश माङमु, पुर्ण सेलिङ, नन्दु तुम्बापो, तेज मेन्याङबो, सोनु थोक्लीहाङ, भीम थेबेलगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा नयाँ वर्षको अवसरमा अमेरिकाको न्युयोर्क, टेक्सास, क्यालिफोर्निया लगायतका सहरमा पनि प्रदर्शन हुनेछ ।