anmol jasita

आँचल भन्छिन्–‘डिग्री माइला’ मेरा लागि अवसर र चुनौती

आँचल भन्छिन्–‘डिग्री माइला’ मेरा लागि अवसर र चुनौती

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री आँचल शर्माले  सिनेमाडिग्री माइलामा आफ्नो चरित्र निकै चुनौती पूर्ण रहेको बताएकी छन्

आफूले कविता (डिग्री माइलामा आँचलले निभाएको चरित्रको नाम)का बारेमा देखेरे, सुनेर वा अध्ययन गरेर केही थाहा पाए पनि जिन्दगीमा आफैँले प्रत्यक्ष अनुभूत भने नगरेकाले निकै चुनौती पूर्ण महसुस गरेको उनी बताउँछिन्

यद्यपि, निर्माण टिमको सहयोगले आफूले सहजै चुनौतीलाई चिरेर काम गरेको उनी सुनाउँछिन्

वर्कसपमा बस्नु अगाडि निकै कठिन हुने आंकलन गरे पनि वर्कसपमा बसेपछि भने चुनौती कम हुँदै गएको उनी स्मरण गर्छिन् धेरै सिनेमामा काम गरेर पहिला नै सेट भइसकेको टिम निर्देशक रामबाबु गुरुङ दयाहाङ राईजस्ता निर्देशक कलाकारसँग काम गर्न पाउनु नै आफ्ना लागि अवसर भएको उनले बताइन् थुप्रै सफल सिनेमा दिइसकेको टिमसँग कसरी काम गर्नेहोला भन्ने डर पनि सुरुमा रहेको उनी स्मरण गर्छिन्

तर जति चुनौती हुन्छ, त्यति नै अवसर पनि हो किन भने भेट्रान निर्देशक कलाकारको छत्रछायामा काम गर्न पाउँदा सिक्न पाइन्छ त्यो लोभ ममा थियो  मैले धेरै सिक्ने अवसर पनि पाएँ,’ आँचल भन्छिन्, ‘दया दाइले कसरी पात्रमा काम गर्नुहुन्छ भन्ने जान्ने चाहना थियो कसरी पात्रमा घुस्नु हुन्छ थाहा थिएन सिनेमामा मात्रै देखेको हो भेट्दा सोध्ने कुरा भएन यो सिनेमाबाट मैले उहाँबाट धेरैकुरा सिक्न पाएँ

टेक लिनु अगाडि दयाहाङले कसरी काम गर्छन्, दिमागमा के कुरा लिएर टेक दिन्छन् जस्ता कुरा दयाहाङबाट सिकेको आँचल बताउँछिन्

त्यसगाडि वर्कसपबाट नै आफूले धेरै कुरा सिक्ने मौका पाएको उनी सुनाउँछिन् चरित्रमा जाने टेक्निक सिक्न पाएको त्यसले आफूलाई सिनेमाको चरित्रमा भिज्न सहयोग गरेको उनी बताउँछिन् कविता भनेको को हो मलाई थाहा थिएन आक्कल झुक्कल देखेको थिएँ होला तर त्यसमा भित्री तहमा गएर महसुस गरेको थिइनँ तर जब वर्कसपमा गएँ, राइटरको भिजनमा उहाँले देखेको क्यारेक्टर के हो त्यो मलाई बुझाउनुभयो,’ आँचल वर्कसपको अनुभव सुनाउँछिन्, ‘वर्कसप राम्रो भयो टिम राम्रो भयो भने धेरै कुरा सजिलो हुँदोरहेछ भन्ने मैले अनुभव गरेँ वर्कसपमा जाँदा मलाई पहिलो दिन जति डर लागेको थियो, त्यो डर सेटमा पहिलो दिन पनि लागेन

मिरुना मगर दयाहाङको जोडी दर्शकले खोजिरहेको आफूले देखेको तर त्यो स्वभाविक रहेको उनको तर्क धेरै सिनेमामा सँगै कामगरेको व्यापारिक रूपमा पनि सफल जोडी भएकाले मिरुनालाईडिग्री माइला’मा खोज्नु स्वभाविक भएको उनको भनाइ  यही नै कलाकार प्रतिको दर्शकको माया  कलाकारको सम्पत्ति भएको उनको जिकिर

देखिरहेकाले त्यही स्वाद दर्शकले खोजेको त्यसलाई सम्मान गर्दै त्यो भन्दा राम्रो स्वाद दिनु कलाकारको दायित्व भएको आँचलको धारणा दयाहाङसँग आफ्नो जोडी सहकार्य दर्शकले मन पराउनेमा उनी ढुक्क छिन् मलाई लाग्छ हाम्रो काम जोडी दर्शकले मन पराउनुहुन्छ किन भने काम निकै राम्रो भएको ,’ आँचल भन्छिन्

दयाहाङ आँचल मुख्य भूमिकामा रहेको सिनेमामा बुद्धि तामाङ, विजय बराल, अनील सुब्बा, कमलमणि नेपाललगायत कलाकार मुख्य भूमिकामा छन्

यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि बनेको नाटकमा आधारित सिनेमा हो, ‘डिग्री माइला

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन्

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्यूजिक रहेको सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन्