प्रशान्तको ‘सारंग’मा ऋचा शर्मा, बैशाख २ गतेबाट छायांकन

प्रशान्तको ‘सारंग’मा ऋचा शर्मा, बैशाख २ गतेबाट छायांकन

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बाल मनोबिज्ञान तथा धनी र गरिब परिवारबीचको कथामा सिनेमा ‘सारंग’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा आयोजना एक कार्यक्रमका बीच सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो ।

कोरियोग्राफरको रुपमा समेत परिचीत निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने सिनेमामा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका अलवा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्दैछन् ।

निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारमा देखि, भोगी आएका बिषयलाई पर्दामा उतार्न लागेको बताउँदै ‘सारंग’को आगामी आइतबार अर्थात २ बैशाखबाट छायांकन सुरु हुने जानकारी दिए । अभिनेत्री ऋचाले आफूलाई ‘सारंग’ को स्क्रिप्ट निकै मन परेको बताउँदै यसप्रकारको सिनेमाले समाजलाई सही दिशामा निर्देश गर्न अहम् भूमिका निर्वाह गर्ने बताइन् ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको डिओपी गोपाल राय छन् । मित्र ध्वज गुरुङले सम्पादन गर्ने सिनेमाका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’ को छ । सिनेमा बाल दिवसको अबसर पारेर सार्वजनीक प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।

कान्जिरोवा स्कुलका कोअर्डिनेटर बिकास बस्नेत, गीतकार शंकर थापा स्माइल, रंगकर्मी राजेन्द्र रिमाल तथा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले ‘सारंग’ लाई शुभकामना ब्यक्त गरेका थिए ।