दिनेश राउत निर्देशित ‘पूजार सार्की’को टिजर सार्वजनिक

दिनेश राउत निर्देशित ‘पूजार सार्की’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा ‘पूजार सार्की’को टिजर सार्वजनिक गएको छ । नयाँ वर्ष २०८१ को छेको पारेर आज चैत्र ३० गते शुक्रबार सिनेमाको टिजर सार्वजनिक गरिएको हो ।

आगामी जेठ १० गतेबाट रिलिज हुने सिनेमाको १ मिनेट १४ सेकेन्डको टिजरमा प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ । सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परिक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको सिनेमालाई लिएर लामो समयदेखि चर्चा भइरहेको छ । यो सिनेमालाई दिनेश राउतले समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने प्रयास रहेको बताएका छन् । यो सिनेमालाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण सिनेमाका निर्माता संगीतकार सुवास भुसाल हुन् । यो सिनेमामा निर्माता भुसाल आफैले संगीत तयार गरेका छन् । हर्क साउद, बि पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत रचना रहेको सिनेमाका गीतमा प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको सिनेमामा हिमाल केसीले द्वन्द्व निर्देशन, सुप्रिम पराजुलीको सम्पादन तथा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ ।