दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’को शिर्ष गीत रिलिज

दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ वर्षको अवसर पारेर चैत्र ३० गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘डिग्री माइला’को शिर्ष गीत रिलिज गरिएको छ । बैशाख १ गते सिनेमाका मुख्य अभिनेता दयाहाङ राईको जन्मदिनको अवसर पारेर सिनेमाको यो गीत रिलिज गरिएको हो ।

शुक्रबार सुखद् व्यापार गरेको सिनेमाले शनिबार नयाँ वर्षको दीन बिहानी शोबाटै हाउसफूल दर्शकका साथ चलिरहेको छ । दर्शकबाट सिनेमालाई मिलेको सकारात्मक प्रतिक्रियाले आइतबार पछिका वीक डेजबाट पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

शनिबार सार्वजनिक गीतमा ‘म डिग्री माइला हुँ’मा स्वप्निल स्मृतिको शब्द रचना, झुमा लिम्बुको कम्पोज तथा संगीत र पवन गिरीको स्वर सुन्न सकिन्छ । व्याग्राउण्ड गायनमा संगीतकार लिम्बु, दिपा सुहाङ र संगीता रनपायलीले पनि गायक गिरीलाई साथ दिएकी छन् । यो गीतलाई कोविद बज्रले एरेञ्ज गरेका हुन् ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर सिनेमाको निर्माण गरेको हो । सिनेमामा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

सिनेमालाई सफल निर्देशक राम बाबु गुरुङले निर्देशन गरेका हुन् । सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा छन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।