‘फर्की फर्की’ दोस्रो पोस्टरमा जसितासँग रोमान्टिक अनमोल

‘फर्की फर्की’ दोस्रो पोस्टरमा जसितासँग रोमान्टिक अनमोल

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार नयाँ वर्षको अवसर पारेर अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’को दोस्रो पोस्टर सार्वजनिक गरिएको थियो । सिनेमाको दोस्रो पोस्टरमा अभिनेता केसीसँग अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

यो सिनेमालाई लिएर अभिनेता अनमोल उत्साहित छन् । उनले सिनेमाको कथावस्तु, मेकिङ देखि सबै जनाको काम उत्कृष्ट रहेको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । सिनेमा जेष्ठ १० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

सुयोग गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको लगानी रहेको छ । सिनेमामा अनमोलका अलवा जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमामा मनोज ओली र रामु न्यौपाने सह-निर्मातामा छन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता हुन् । निर्देशक गुरुङ स्वयंको कथा र पटकथा लेखन रहेको सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।