‘यो मन त मेरो नेपाली हो’को फर्स्टलुक पोस्टर सार्वजनिक

‘यो मन त मेरो नेपाली हो’को फर्स्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार नेपाली नयाँ बर्ष २०८१ को अवसरमा सिनेमा ‘यो मन त मेरो नेपाली हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा मुख्य कलाकार रोशन श्रेष्ठ, आयुशा समाल, विल्सनविक्रम राई, बुद्धि तामाङ र विजय बराललाई देख्न सकिन्छ । यसैवर्ष सिनेमाको प्रदर्शन गरिने निर्माता ज्ञानबहादुर प्रधानले बताए । सिनेमालाई अमेरिकामा रहेका साहित्यकार नरप्रधान (मित्र)ले निर्देशन गरेका हुन् ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको फिल्मले विदेशमा रहेका नेपालीको कथा पेश गर्छ । शिवम अधिकारीले फिल्म लेखेका हुन् । पहिलो चरणमा नेपालको झापा र इलामसहित भारतका सिक्किम, दार्जिलिङ लगायतमा सिनेमाको छायांकन गरिएको छ ।

सिनेमामा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समीर मियाको भीएफएक्स, कविराज गहतराजको नृत्य निर्देशन छ । सिनेमामा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको छ ।