anmol jasita

सेभेन सिजको ‘प्रोजेक्ट सारङ्गी’ घोषणा

सेभेन सिजको ‘प्रोजेक्ट सारङ्गी’ घोषणा

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमाको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले अब फिल्म निर्माणमा अगाडि आउने भएको छ ।

सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको सिनेमाको  नाम ‘प्रोजेक्ट सारङ्गी’ राखिएको छ।निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने र सम्पूर्ण जानकारी वैशाख ७ गते गराउने तयारी गरिएको बुझ्न सकिन्छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।