पूर्वेली दर्शकहरु भेट्न निस्कियो ‘डिग्री माइला’ टिम

पूर्वेली दर्शकहरु भेट्न निस्कियो ‘डिग्री माइला’ टिम

द सिनेमा टाइम्स
1.7k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत चैत ३० गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘डिग्री माइला’का बारेमा दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिन काठमाडौंका हल-हलमा पुगिरहेका यसका प्रमुख कलाकारहरु आजबाट मोफसलका दर्शक भेटघाटमा निस्केका छन् ।

दयाहाङ राई, आँचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिममा मोफसल यात्रामा निस्केको हो । कोशी प्रदेशको राजधानी बिराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुङगिने निर्माता पोखरेलले बताए ।

पोखरेलका अनुसार टिम मंगलबार बिहान १० बजे बिराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११:३० को शोमा सिनेमा हेर्न आएका दर्शकहरुसँग भेटघाट एवम् संवाद गर्नेछौं यसक्रममा उनीहरु विराटनगरका, विभिन्न सिनेमा हलमा पुग्नेछन् ।

बिराटनगरपछि टिम इटहरीका दुई वटा सिनेमा हल इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछ ।  यस्तै टिम बुधवार बिहान ११ बजे दमक स्थित डि म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स तथा ५ बजे पाथिभरा सिनेप्लाजामा जाने पोखरेलको भनाइ छ ।

स्टार निर्देशक रामबाबु गुरुङ निर्देशित सिनेमाले वक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको सिनेमाको कमाइ तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।

तेश्रो दिनमा सिनेमाले सोचे अनुसारको व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन् । उनले तेश्रो दिनको व्यापारिक रिपोट र दर्शकको प्रतिक्रियाले सिनेमाले वक्सअफिसमा राम्रो व्यापार गर्नेमा आफूहरु ढुक्क भएको बताए ।

सिनेमा हेरेका दर्शकले सिनेमाको विषय, कलाकारको अभिनय आफूहरुलाई मनपरेको प्रतिक्रिया दिएका छन् । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।