सौगात मल्लको मुख्य भुमिकामा ‘भाईरल गोर्खे’ निर्माण घोषणा

सौगात मल्लको मुख्य भुमिकामा ‘भाईरल गोर्खे’ निर्माण घोषणा

द सिनेमा टाइम्स
336
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भाईरल हुन जे पनि गर्ने फस्टाउँदो प्रवृत्तिलाई लिएर निर्माण हुन लागेको सिनेमा ‘भाईरल गोर्खे’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा दुईवटा भैंसीमाथि उभिएका सौगात मल्ललाई देखाइएको छ । पृष्ठभूमीमा शहरको दृश्य छ ।

पोस्टरले कमेडी जानरामा सिनेमा बन्न लागेको संकेत गरेको छ । सिनेमामा सौगातका अलवा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहनेछन् ।

निगम श्रेष्ठले निर्देशन गर्ने सिनेमा कमेडी जनरामा निर्माण हुनेछ । ‘सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ,’ निर्देशक निगम श्रेष्ठले भने, ‘यसमै हाम्रो यो सिनेमा केन्द्रित रहनेछ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ ।’

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण हुने सिनेमालाई अमर महर्जनले खिच्ने छन् । सिनेमामा बिशाल ताम्राकार र महेश लामिछानेको लगानी रहनेछ ।

सिनेमा यही वैशाख ६ गतेबाट छायांकनमा जाँदैछ । सिनेमाको छायांकन लम्जुङ र गोरखामा  हुने निर्देशक श्रेष्ठले जानकारी दिए ।