‘नमेटिने घाउ’मा रमितले गराए पूर्वप्रधानमन्त्री माधव नेपाललाई अभिनय

‘नमेटिने घाउ’मा रमितले गराए पूर्वप्रधानमन्त्री माधव नेपाललाई अभिनय

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अभिनेता तथा निर्देशक रमित ढुंगानाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘नमेटिने घाउ’को छायांकन गरेका छन् । अभिनेता ढुंगानाले आफ्नो डेब्यू निर्देशित सिनेमामा नेताहरुलाई पनि अभिनय गराएका हुन् ।

जडीबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसमा भएको छायांकनमा पूवैप्रधानमन्त्री नेपालले संवाद बोलेर अभिनय गरेका हुन् । सिनेमको छायांकन गर्नु अघि उनले अगरबत्ती बालेर क्यामेरा पूजा गरेका थिए । एसिड आक्रमणको विरोधमा विद्यार्थीहरुले गरेको विरोर्ध यालीको एक दृश्यमा नेता नेपालले दोषीलाई कारवाही गर्ने संवाद बोलेका थिए ।

सिनेमामा उनको भूमिका अर्थपूर्ण र सान्दर्भिक रहेको निर्माण नियन्त्रक प्रणव सुवेदीले बताए । नेता नेपालको साथै मंगलबार नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीको पनि दृश्य खिचिएको छ ।

शिवम् अधिकारीको लेखन रहेको सिनेमामा ३३ जना एसिड पीडितको कथा समेटिएको छ । सुरवीर पण्डित, रामचन्द्र अधिकारी, मुस्कान खातुन, सिम्रन खड्का, रचना गौतम, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, आरती आचार्य, प्रभातपल ठकुरी, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा आदिको ‘नमेटिने घाउ’मा अभिनय रहेको छ ।

यो सिनेमामा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहनेछ । उनले छायांकनका लागि बिहीबारको समय दिएका छन् । सिनेमामा उनले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नेछन् । सिनेमा एसिड आक्रमणको कथामा बनेकाले यस्ता घटना रोक्न नेताहरुको प्रतिवद्धतालाई सिनेमामा देखाउन लागिएको हो । सिनेमाको ८० प्रतिशतभन्दा बढी छायांकन भैसकेको छ ।