सुदर्शनको लभस्टोरी सिनेमामा प्रदीप अनुबन्धित

सुदर्शनको लभस्टोरी सिनेमामा प्रदीप अनुबन्धित

द सिनेमा टाइम्स
581
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदीप खड्का सुदर्शन थापाको निर्देशनमा निर्माण हुने लभस्टोरी सिनेमामा अनुबन्धित भएका छन् । मंगलबार निर्माता तथा निर्देशक थापा र अभिनेता खड्काबीच नयाँ सिनेमाका लागि लिखित सम्झौता भएको छ ।

सम्झौतापछि सामाजिक सञ्जाल फेसबुकमा अभिनेता प्रदीप खड्काले लेखका छन्, ‘कुन फोटो मन पर्यो । ब्रेकफाष्ट मिटिङ विथ सुदर्शन थापा दाई ।’ निर्देशक थापाले पनि नयाँ अनटाइटल सिनेमाको मुख्ख भूमिकामा प्रदीपलाई साइन गराएको बताए ।

‘प्रेमगीतको पहिलो भागले जुन छाप छाडेको थियो, त्यसलाई निरन्तरता दिन खोजेका हौं,’ थापाले भने, ‘धेरै सरसल्लाहपछि काम गर्न तयार भएका हौं ।’ यसअघि यी दुईजनाले आठ वर्षअघि रिलिज भएको लभस्टोरी सिनेमा ‘प्रेमगीत’मा सहकार्य गरिसकेका छन् ।

सुदर्शन आगामी होम प्रोडक्सन सिनेमा ‘रावायण’को छायांकन सकिएपछि प्रदीप अभिनित सिनेमाको निर्माण गर्ने तयारीमा छन् । २०८१ सालभित्रै निर्माण र प्रदर्शनको लक्ष्यसहित सिनेमाको निर्माण काम अगाडी बढेको निर्माण कम्पनिले जनाएको छ । निर्देशक थापाको आगामी सिनेमा ‘रावायण’ वैशाख दोस्रो सातादेखि छायांकन हुँदैछ ।