टाइम ट्राभल लभस्टोरी ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक

टाइम ट्राभल लभस्टोरी ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक

सिनेमाको सार्वजनिक ट्रेलरले म्याडी अर्थात् अनमोल केसीले हरेकपल्ट गल्ती गर्दा उसको जीवन पहिलेकै अवस्थामा फर्किन्छ । त्यसपछि उसले आफूलाई भगवान् मानेको ट्रेलरमा देख्न सकिन्छ ।

द सिनेमा टाइम्स
455
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले टाइम ट्राभलको कथा भन्छ ।

आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक ट्रेलरले म्याडी अर्थात् अनमोल केसीको क्यारेक्टरले हरेकपल्ट गल्ती गर्दा उसको जीवन पहिलेकै अवस्थामा फर्किन्छ । त्यसपछि उसले आफूलाई भगवान् मानेको ट्रेलरमा देख्न सकिन्छ ।

सार्वजनिक ट्रेलरमा अनमोल स्टाइलिस अवतारमा प्रस्तुत छन् । तर, उनको चरित्र रिसाहा र सन्की स्वभावको देखिन्छ । बोलीभन्दा अगाडि उनको मुक्का र लात्ति चलाएको देखाइएको छ । सिनेमामा उनको जोडीको भूमिकामा अभिनेत्री जसिता गुरुङ प्रस्तुत छिन् । उनीहरुबीचको प्रेम, रोमान्स र सम्बन्धमा आउने उतार-चढावलाई पनि ट्रेलरले देखाइएको छ । सिनेमाको उच्च मेकिङ्ग क्वालिटी र दृश्यहरुबीचको संयोजन ट्रेलरको बलियो पक्ष हो ।

सिनेमामा सुयोग गुरुङले लेखन तथा निर्देशन छ । निर्देशनको हिसाबले यो उनको दोस्रो सिनेमा हो । यसअघि उनले ‘सानो मन’को निर्देशन गरेका थिए । ‘फर्की फर्की’को सार्वजनिक ट्रेलर हेर्दा उनले लभस्टोरीमा फरक कथा भन्ने प्रयास गरेको देखिन्छ । यो सिनेमामा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । सिनेमाका सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।