तेस्रो संस्करणको ‘फान अवार्ड’ आयोजना गर्ने तयारीमा कलाकार संघ

तेस्रो संस्करणको ‘फान अवार्ड’ आयोजना गर्ने तयारीमा कलाकार संघ

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ६ वर्षदेखि रोकिएको ‘फान अवार्ड’लाई चलचित्र कलाकार संघले निरन्तरता दिने भएको छ । कोभिडपछि अवार्ड समारोह २०७२ र २०७४ साल गरी दुईपटक आयोजना भएको थियो ।

यो वर्ष अवार्डको तेस्रो संस्करण आयोजना गर्ने तयारीमा कलाकार संघ लागेको छ । २०७९ र २०८० सालमा रिलिज भएका सिनेमालाई समेट्दै अवार्ड प्रदान गरिने संघका महासचिव सविन श्रेष्ठले बताए । संघले दुई वर्षको छुट्टाछुट्टै अवार्ड विभिन्न विधामा प्रदान गर्न लागेको हो ।

यसका लागि केही दिनभित्र आवेदन फारम खुल्ला गरिने महासचिव श्रेष्ठले बताए । ‘फान अवार्ड’को पहिलो संस्करणमा २० वटा विधामा अवार्ड वितरण गरिएको थियो भने दोस्रो संस्करणमा ४ विधा थपिएको थियो । अवार्ड वितरणसँगै एकजना सिनेकर्मीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ समेत प्रदान गर्ने संघको तयारी छ ।

संघका पूर्वअध्यक्ष स्वर्गीय रामकेशर बोगटीको कार्यकालमा ‘फान अवार्ड’को सुरुवात भएको थियो । अवार्ड कार्यक्रमले उनको निधन भएपछि निरन्तरता पाउन सकेको थिएन ।