दर्शकको सकारात्मक ‘वर्ड अफ माउथ’सहित दोस्रो हप्तामा ‘डिग्री माइला’

दर्शकको सकारात्मक ‘वर्ड अफ माउथ’सहित दोस्रो हप्तामा ‘डिग्री माइला’

द सिनेमा टाइम्स
651
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत चैत्र ३० गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘डिग्री माइला’ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता बक्सअफिसमा बम्पर व्यापार गरेको सिनेमाले दर्शकबाट मिलेको सकारात्मक वर्ड अफ माउथले दोस्रो सातामा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

सिनेमा रिलिजको तीन दिनमा करिब चार करोड व्यापारको गरेको रिपोर्ट वितरकले सार्वजनिक गरेका थिए । त्यसपछि सिनेमाले कति व्यापार गर्यो त्यसको विवरण वितरकबाट सार्वजनिक भएको छैन् । तथापी त्यसपछिका दिनमा पनि सिनेमाले राम्रो व्यापार गरेको सिनेमा घरका अनलाइन साइटमा बिक्रि भएका टिकट हेर्दा थाहा हुन्थ्यो ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

सिनेमालाई सफल निर्देशक राम बाबु गुरुङले निर्देशन गरेका हुन् । सिनेमामा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा छन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।