‘पुजार सार्की’को कौडा गीत ‘दर्शन गरेँ’ सार्वजनिक

‘पुजार सार्की’को कौडा गीत ‘दर्शन गरेँ’ सार्वजनिक

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेठ १० गते रिलिज हुने सिनेमा ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा अनुसारको कौडा नृत्यमा आधारित छ ।

सार्वजनिक गीतमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बु फिचर्ड छन् । कास्कीको जिल्लाको धम्पुसमा छायांकन गरिएको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको हो । गीतका कोरियोग्राफर शिशिर खाती हुन् । हर्क साउदका शब्द र सुवास भुसालको संगीत रहेको गीतमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर रहेको छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको यो सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

सिनेमालाई सुवास भुसालले निर्माण गरेका हुन् । निर्माता भुसालले नै सिनेमाको लागि संगीत तयार गरेका छन् । राजेश श्रेष्ठको डिओपी रहेको सिनेमामा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ, हिमाल केसीको द्वन्द्व निर्देशन र रोयल भिमसेनको ट्राइडेन्ट कन्सेप्टले पोस्टर डिजाइन गरेको हो । नेपालमा आरआर फिल्मस्ले वितरण गर्ने सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार एमएसएम इन्टरटेन्मेन्टले किनेको छ ।