दुई मिलियन निकट अनमोलको ‘फर्की फर्की’ ट्रेलर

दुई मिलियन निकट अनमोलको ‘फर्की फर्की’ ट्रेलर

ट्रेलरमा देखिएका यी टिप्पणीहरु केही प्रतिनिधिमात्र हुन्। यस्ता हजारौं टिप्पणीले भरिएका छन् ।

द सिनेमा टाइम्स
889
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अनमोल केसी स्टाररफर्की फर्कीको पहिलो ट्रेलरले यूट्यूबमा लोभलाग्दो भ्यूज पाएको छ । रिलिज भएको २४ घण्टा नपुग्दै एक मिलियनको भ्यूज पाएको ट्रेलर अब दुई मिलियन भ्यूजको निकट पुगेको छ । धेरैपछि यूट्यूबमा कुनै पनि नेपाली सिनेमाको ट्रेलरलाई लिएर यो किसिमको उत्साह देखिएको हो ।

सुयोग गुरुङ निर्देशित सिनेमा जेठ १० मा रिलिज हुँदैछ । यो समाचार तयार पार्दासम्म ट्रेलरले १८ लाख ९७ हजार सय ४८ भ्यूज पाइसकेको छ।सिनेमालेटाइम ट्राभलगर्नसक्ने पात्रको कथा पेस गर्छ ।

भ्यूजसँगै सिनेमाले ४५ हजार बढी लाइक पाउनुका साथै ५२ सय बढि प्रतिक्रियाहरु पाएको छ । अधिकाश प्रतिक्रियामा सिनेमाप्रतिको उत्सुक्ता व्यग्रता महशुस गर्न सकिन्छ । उनीहरुले आफूलाई सिनेमाको पहिलो ट्रेलर मनपरेको छिटोभन्दा छिटो सिनेमा हेर्न चाहेको आसय व्यक्त गरेका छन् ।

बाबु गुरुङ १८७२ नामका प्रयोगकर्तालेमार्केट खान्छ यो सिनेमाले, हिरो हिरोइन झन बेस्ट हो, जोडी मिलेको भन्ने प्रतिक्रिया दिएका छन् भने राज बस्नेत नाम गरेका अर्का प्रयोगकर्ताले अनमोलको समर्थन गर्दैजल्नेहरुका लागि कडक झापड दिने खालको मुभीनेकोरछ, अनमोल हाम्रो पुस्ताको एक सफल आइकन मेन होलेखेका छन्।

यसैगरी गाउँले जीवन नामका टिप्पणीकर्ता लेख्छन्अनमोल दादाको सबैभन्दा सुपरहिट हुनेछ यो सिनेमा लेखेर राख्दा हुन्छ ।

यस्तै सोम श्रीपाली नामका प्रयोगकर्तालेउत्कृष्ट ट्रेलर, सबै कलाकारहरुको अभिनय पनि एकदमै राम्रो लाग्यो यो खालको ट्रेलर नेपाली सिनेमामा कमै देख्न पाइन्छ, खुशी लाग्यो ट्रेलर हेरेर योफर्की फर्की’ सिनेमालाई सफलताको शुभकामना सबै कलाकारहरुलाई पनि शुभकामना धन्यवाद, लेखेका छन् ।

ट्रेलर मास्टरका रुपमा परिचित शाहिल खानले बनाएको यो ट्रेलरमा देखिएका यी टिप्पणीहरु केही प्रतिनिधिमात्र हुन् । यस्ता हजारौं टिप्पणीले भरिएका छन्

सिनेमामा जसिता गुरुङ अनमोलको जोडी बनेकी छन् । पर्दामा यी दुबैजना पहिलो पटक एकसाथ देखिन लागेकाले पनि युवा दर्शकहरुमासिनेमालाई लिएर व्यग्र प्रतिक्षा रहेको छ ।

सिनेमा रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।