‘खजुरे ब्रो’को दोस्रो गीत ‘मनि मनि’ सार्वजनिक

‘खजुरे ब्रो’को दोस्रो गीत ‘मनि मनि’ सार्वजनिक

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘खजुरे ब्रो’को नयाँ गीत सार्वजनिक गरिएको छ । अभिनेत्री नीति शाहको डेब्यू सिनेमाको ‘मनि मनि’ बोलको गीतमा कुशल पोखरेलको स्वर तथा शब्द र केपासको संगीत रहेको छ । यो गीतले पैसाको बयान गर्छ ।

आराम गर्नदेखि मान्छे जलाउनसम्म पैसा चाहिने गीतमा उल्लेख छ । भिडियोमा नीतिसहितका कलाकारहरु पैसा उडाउँदै प्रस्तुत छन् । सिनेमामा रेअर र नीतिको जोडी बाँधिएको छ । यो अभिनेत्री नीति शाहको डेव्यु सिनेमा हो । सिनेमाको यसअघि टिजर तथा ‘लभ गर्ने मान्छे’ बोलको गीत रिलिज भैसकेको छ । उक्त गीतमा आप्पा निर्देशक अनमोल गुरुङको संगीत छ ।

सुरज सुनुवारको निर्देशनमा तयार भएको सिनेमामा रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीप चन्द्र राई लगायतको पनि अभिनय रहेको छ । कुनै बेला धरानमा चर्चित मानिएका खजुरे ब्रो पात्रबाट प्रभावित भएर सिनेमा बनेको हो । तर, यो बायोपिक होइन ।

दिव्यदृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोजसँगको सहकार्यमा निर्माण गरेको फिल्मका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह(निर्माता तथा डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको यो फिल्ममा शिशिर विशंखेको छायाँकन र मित्र डि। गुरुङको सम्पादन छ ।