ललितपुरस्थिति कार्यविनायक मन्दिरमा ‘एक्टर’को शुभमुहूर्त

ललितपुरस्थिति कार्यविनायक मन्दिरमा ‘एक्टर’को शुभमुहूर्त

द सिनेमा टाइम्स
483
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार बिहान ललितपुरस्थिति कार्यविनायक मन्दिर भैंसीपाटी सिनेमा ‘एक्टर’को शुभमुहूर्त गरिएको छ । वैदिक विधिद्वारा हवन यज्ञ गर्दै सिनेमाको मुहूर्त गरिएको हो । सिनेमाको मुहूर्तको अवसरमा सिनेमाका मुख्य कलाकारहरु प्रदीप खड्का, दिव्या रायमाझि, आना शर्मा, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए ।

अभिनेता दिलिप रायमाझिकी छोरी दिव्या यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गर्न लागेकाले पनि उनी मुहूर्त कार्यक्रममा मिडिया आकर्षणको केन्द्र बनेकी थिइन् । लामो समयदेखि चर्चामा रहेकी उनी पहिलोपटक मिडियासामु उपस्थित भएकी हुन् । सिनेमामा उनको जोडी प्रदीपसँग बाँधिनेछ ।

बैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको सिनेमामा राजबल्लभ कोइराला, सलोन बस्नेत लगायतको पनि अभिनय रहनेछ । राजबल्लभले यही सिनेमाबाट दश वर्षपछि कमब्याक गर्न लागेका हुन् । सिनेमाको लेखन तथा निर्देशन राजन भुसालले गर्नेछन् । यो उनको निर्देशनमा डेब्यु सिनेमा हो ।

अदृत फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई छायांकन नरेन्द्र मैनालीले गर्नेछन् । सिनेमाका निर्माता थमन कुमार भण्डारी हुन् भने सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् । सिनेमालाई तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गरिने बताइएको छ ।