लम्जुङको भुजुङमा शुभमुहूर्त गर्दै ‘भाईरल गोर्खे’को छायांकन सुरु

लम्जुङको भुजुङमा शुभमुहूर्त गर्दै ‘भाईरल गोर्खे’को छायांकन सुरु

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कमेडी जनरामा निर्माण हुने सिनेमा ‘भाईरल गोर्खे’को शुभमुहूर्त गरिएको छ । लम्जुङको भुजुङ गाउँमा मंगलबार सिनेमाका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ तथा कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभमुहूर्त गरेका हुन् ।

यो सिनेमाको छायांकन पनि आजैबाट सुरु भएको छ । शुभमुहूर्तमा निर्माता लामिछानेले सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथालाई सिनेमामा देखाइने बताए । अभिनेता सौगात मल्लले आफूले दर्शकलाई सधैं नयाँ स्वाद दिन खोज्ने भएकाले यो सिनेमामा पनि आफुलाई केही फरक देख्न सकिने बताए ।

सिनेमामा सौगात र लक्ष्मीका अलवा सृष्टि श्रेष्ठ, वुद्धि तामाङलगायतको पनि मूख्य भूमिका रहनेछ । निर्माता लामिछाने र विशाला ताम्राकारको लगानी रहेको सिनेमालाई अमर महर्जनले छायांकन गर्नेछन् ।

द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने सिनेमाको अधिकांश छायांकन लम्जुङ भुजुङ गाउँमा हुनेछ । यसका अलवा गोरखा र चितवनमा पनि केही प्रतिशन सिनेमाको छायांकन गरिने निर्देशक निगम श्रेष्ठले बताए ।