anmol jasita

मगर संस्कृतिमा आधारित सिनेमा ‘घरज्वाइँ’को पोस्टर सार्वजनीक

मगर संस्कृतिमा आधारित सिनेमा ‘घरज्वाइँ’को पोस्टर सार्वजनीक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको मगर संस्कृतिमा आधारित सिनेमा ‘घरज्वाइँ’को पोस्टर सार्वजनीक गरिएको छ ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमाकाा दुई डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको भारी बोकिरहेको देखिन्छ भने अर्को डिजाइनमा दयाहाङ र मिरुनालगायत सिनेमाका सबै प्रमुख कलाकारलाई समेटिएको छ ।

जनक घर्ती मगरले निर्माण गरेको सिनेमाको केही साता अघि सार्वजनीक क्यारेक्टर लुक्सले चर्चा पाइरहदै गर्दा बुधबार अफिसियल फस्र्टलुक दर्शकमाझ ल्याइएको हो । पूर्वी रुकुम आसपारमा करिव एक महिना छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।

जिएम मुभीजको ब्यानरमा निर्माण भएको सिनेमा सुसन प्रजापतिले खिचेका हुन । सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । सिनेमालाई नेपाल बितरण आर आर फिल्मसले गर्दैछ ।

असार २८ गते प्रदर्शन हुने ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छ्न ।