‘तेल भिसा’ खेल्न अमेरिका पुगे विपिन कार्की : ऋचाले गरिन स्वागत

‘तेल भिसा’ खेल्न अमेरिका पुगे विपिन कार्की : ऋचाले गरिन स्वागत

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं। लामो समयको अन्तरालमा शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको सिनेमा ‘तेल भिसा’को सुटिङका लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन ।

नेपाली समय अनुसार शुक्रबार राति ८ बजे निर्देशक घिमिरे तथा चिफ एडि मछिन्द्र योङगा सहित विपिन अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन ।

विपिनको यो अमेरिका यात्रा पहिलो पटक हो । उनीहरुलाई नेपालबाट विदाई गर्न सिनेमाका निर्माता टिकाराम बुढाथोकी पुगेका थिए ।

विपिनलाई उता अमेरिकामा स्वागत गर्न सिनेमाकी कार्यकारी निर्माता समेत रहेकी अभिनेत्री ऋचा घिमिरे पुगेकी थिईन । ऋचाले  महत्वपूर्ण भूमिका निवार्ह गर्दैछिन ।

सिनेमामा विपिन दोहोरो भूमिकामा देखिनेछन । उनको अपोजिट गौरी मल्ल र बर्षा राउत दुवै जना देखिनेछन । सुटिङका लागि बर्षा केही दिनमा र गौरी सम्भवत अर्को हप्ता अमेरिका पुग्दैछन ।

सिनेमाटोग्राफर सुसन प्रजापति भने केही दिन अघिनै बाल्टिमोर पुगिसकेका छन । निर्माण यूनिटले दिएको जानकारी अनुसार अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारहरुको समेत सहभागितामा तेल भिसाको छायाँकन बैशाख २५ गतेबाट एक महिना सम्म चल्नेछ ।

मेरिल्याण्ड राज्यका विभिन्न शहरमा ७० प्रतिशत सिनेमा खिचेर यूनिट बाँकीको छायाँकन पूरा गर्न नेपाल फर्किएर पूर्वी चितवन पुग्नेछ ।