‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक, गजब देखियो अनमोल र जसिताको केमेष्ट्री

‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक, गजब देखियो अनमोल र जसिताको केमेष्ट्री

द सिनेमा टाइम्स
336
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुयोग गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘फर्की फर्की’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गीतको शिर्ष गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । उनीहरुको केमेष्ट्री गजब देखिएको छ ।

रोमन बज्राचार्यको शब्द रचना, कम्पोज तथा एरेञ्ज रहेको सिनेमाको सार्वजनिक गीतमा कम्पोजर बज्राचार्य र निखिता थापाको स्वर सुन्न सकिन्छ । किरण थापाको कोरियोग्राफी रहेको गीतमा युमी बलामी सहायक कोरियोग्राफर हुन् । गीतको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका छन् ।

सिनेमाको यसअघि सार्वजनिक ट्रेलर चर्चाको शिखरमा छ । सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै विदेशमा पनि धमाधम प्रदर्शन अधिकार बिक्रि भएको थियो । जसले दर्शकमाझ सिनेमाप्रति बनेको क्रेजलाई देखाउँछ । टाइम ट्राभल लभस्टोरीमा निर्माण भएको सिनेमाको कथा निर्देशक गुरुङ आफैले लेखेका हुन् ।

सिनेमामा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । सिनेमाका सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।