शे-फोक्सुन्डोमा ४४ दिनमा ‘द्रौपदी’को इन्डक्ल्याप

शे-फोक्सुन्डोमा ४४ दिनमा ‘द्रौपदी’को इन्डक्ल्याप

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक ऋषिराज आचार्यले ४४ दिनमा सिनेमा ‘द्रौपदी’को छायांकन सकाएका छन् । गत फागुन अन्तिममा डोल्पा जिल्लाको दुनैको कालिका मन्दिरमा शुभसाइत गर्दै छायांकन सुरु गरिएको सिनेमाको शुक्रबार नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डो तालमा अन्तिम दृश्य खिचिएको हो ।

सिनेमामा आश्विनी शाही, गायक रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु (सुवास) ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ । गायक ओडले यही सिनेमाबाट अभिनयमा डेब्यु गरेका हुन् । सिनेमामा मोहनकुमार झिल्लुको छायांकन, रवि ओडको संगीत तथा विजय आचार्यको कला निर्देशन छ ।

नारी प्रधान विषयमा निकै मिहिनेत गरेर सिनेमा बनाएको निर्देशक आचार्यले बताए । स्क्रिप्ट लेख्न मात्र चार वर्ष लागेको उनको भनाई छ । सिनेमाको निर्मातामा निर्देशक आचार्य स्वयं छन् भने उनलाई विष्णु (सुवास) ठडराई र प्रकाश ज्ञवालीले निर्माणमा सघाएका छन् । खेमराज भण्डारी र ऋतु आचार्य सह-निर्माता रहेको सिनेमाको सम्पादन अनिल महर्जनले गर्नेछन् ।