रामजी ज्ञवाली निर्देशित ‘रित्तो गाउँ’को काठमाडौंमा विषेश प्रदर्शन

रामजी ज्ञवाली निर्देशित ‘रित्तो गाउँ’को काठमाडौंमा विषेश प्रदर्शन

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं – डकुमेन्ट्री छोटो सिनेमा ‘रित्तो गाउँ’को काठमाडौंमा विषेश प्रदर्शन गरिएको छ । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय बिभागका प्रा।डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित डकुमेन्ट्री सिनेमाको कमलपोखरी स्थित बिग मुभिजमा शुक्रबार पहिलो प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागीता थियो । रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौंको आयोजनामा गरिएको विशेष प्रदर्शनसँगै ‘रित्तो गाउँ’ टिमले संसारभर आफ्नो विशेष प्रदर्शनको सुरुवात गरेको जनाएको छ ।

रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा निर्माण भएको सिनेमाले युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गरेको छ । निर्देशक ज्ञवालीले काठमाडौंबाट फिल्मको विशेष प्रदर्शन थालिएको बताए । उनले देशका विभिन्न ठाउँसँगै विदेशमा समेत ‘रित्तो गाउँ’को विशेष प्रदर्शन गरिने जानकारी दिए ।

यो डकुमेन्ट्री सिनेमामा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतको अभिनय देख्न सकिन्छ । यो अभिनेत्री सविना राउतको डेव्यु डकुमेन्ट्री सिनेमा हो । अनुसन्धानमा आधारित डकुमेन्ट्री सिनेमालाई २ भागमा छुट्टाइएको छ । पहिलो भाग अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गरिएको छ । दोस्रो भागमा काल्पनिक कथा समेटेर सिनेमा तयार पारिएको छ ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको सिनेमाका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । सिनेमामा कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माता रुपमा रहेका छन् । निरज कंडेलको छायांकन रहेको सिनेमाको सम्पादन नहकुल खड्काले गरेका हुन् ।