प्रभाषको ‘कल्की’ रिलिज मिति घोषणा, जुन २७ मा हुनेछ रिलिज

प्रभाषको ‘कल्की’ रिलिज मिति घोषणा, जुन २७ मा हुनेछ रिलिज

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय प्रतिक्षित सिनेमा ‘कल्की २८९८ एडी’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि मे ९ मा विश्वभर रिलिज हुने तयारी रहेको सिनेमा अब २७ जुनबाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।

यो सिनेमाको प्रदर्शन पोस्टपोन्ड हुनुमा अहिले विभिन्न चरणमा भारतमा चलिरहेको लोकसभा निवार्चनलाई देखाइएको छ । भारत कै सवैभन्दा मंहगो बजेटमा निर्माण भएको हुनाले पनि लोकसभाको निवार्चनका बीच सिनेमा प्रदर्शन गर्ने रिक्स निर्माण कम्पनिले उठाउन नसकेको बलिउड मिडियाले जनाएका छन् ।

यो सिनमा प्यान इन्डिया सुपरस्टार प्रभाष र बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री दीपिका पादुकोणका कारण पनि विश्वभर चर्चा भैरहेको छ । सिनेमाका सार्वजनिक पोस्टर र क्यारेक्टर पोस्टरले पनि दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल भएका कारण पनि यो सिनेमाप्रति सवैको चासो देखिएको बलिउड मिडियाहरुले उल्लेख गरेका छन् ।

वैजयन्ती मुभिजको व्यानरमा निर्माण भएको सिनेमालाई साईफाइ सुपरहिरो बेस्ड जनरामा राखिएको छ । यो सिनेमा बलिउड अभिनेत्री दिसा पटानी र तमिल सुपरस्टा कमल हसनको पनि मुख्य भुमिका रहनेछ । सिनेमालाई नाग आश्विनले निर्देशन गरेका हुन् । सिनेमा तेलुगु, तमिल, मल्यालम, कन्नडा र हिन्दी गरी पाँच भाषामा रिलिज हुनेछ ।