जेठ १० बाट पोस्टपोन्ड भयो पूजाको ‘दान्भी’

जेठ १० बाट पोस्टपोन्ड भयो पूजाको ‘दान्भी’

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जेठ १० गतेलाई प्रदर्शनमा आउने भनिएको अभिनेत्री पूजा शर्मा अभिनित सिनेमा ‘दान्भी’को रिलिज पोस्टपोन्ड भएको छ । प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघसँगको छलफलपछि निर्माताले सिनेमालाई जेठ १० मा प्रदर्शन नगर्ने निर्णय गरेका हुन् ।

यद्यपि, सिनेमाका निर्माताले यसलाई मेलमिलाप भनेका छन् । अब जेठ १० मा ‘पूजार सार्की’ र ‘फर्की फर्की’ मात्र रिलिज हुनेछन् । सोमबार पूजाको जन्मदिनको अवसर पारेर ‘दान्भी’को नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ । आगामी असार ७ गते सिनेमा प्रदर्शन हुनेछ ।

सिनेमाको रिलिज सरेपछि पूजाले फेसबुकमा लेखेकी छन्, ‘एकसाथ तीन सिनेमा प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं ।’ उनले जेठ १० गते रिलिज हुन लागेका दुई सिनेमालाई सफलताको शुभकामना पनि दिएकी छन् ।

पूजा पहिलोपटक ‘दान्भी’मा एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । रुपेश तामाङको निर्देशन रहेको सिनेमामा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर र अनुप गडाल निर्माता रहेको सिनेमामा पवन राना मगर कार्यकारी निर्मातामा छन् । सह-निर्माता भने कमला लिम्बू, पन्चबहादुर तामाङ र आदर्श पौडेल हुन् ।