असार ७ मा पुजाको ‘दान्भी’ रिलिज घोषणा

असार ७ मा पुजाको ‘दान्भी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्माको एक्सन सिनेमा ‘दान्भी’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । पूजाको जन्मदिनको अवसरमा सिनेमाको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।

रुपेश तामाङको निर्देशनमा तयार भएको सिनेमामा पूजाको जोडी कुन्साङ बम्जनसँग बाँधिएको छ । म्यूजिक भिडियोमा जमेका कुन्साङले यही सिनेमाबाट डेब्यु गरेका हुन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि सिनेमामा अभिनय छ ।

सिनेमाको करिब ४ महिना अगाडि टिजर रिलिज भएको थियो । जसमा पूजा एक्सन अवतारमा प्रस्तुत थिइन् । यो सिनेमा उनको करिअरका लागि विशेष मानिएको छ । देव मगर र अनुप गडाल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता पवन राना मगर हुन् ।

सिनेमामा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह-निर्माताको रुपमा रहेका छन् । ‘दान्भी’मा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत रहेको छ ।