विराजको ‘१२ गाउँ’बाट डेव्यु गर्दै मोडल सनिशा भट्टराई

विराजको ‘१२ गाउँ’बाट डेव्यु गर्दै मोडल सनिशा भट्टराई

द सिनेमा टाइम्स
448
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विराज भट्टको निर्देशनमा निर्माण हुने सिनेमा ‘१२ गाउँ’बाट मोडल सनिशा भट्टराईले नेपाली रजतपटमा डेव्यु गर्ने भएकी छन् । अभिनेता तथा निर्देशक भट्टले सोमबार फेसबुकमा एक पोस्टमार्फत् सिनेमामा उनको अभिनय रहने जानकारी दिएका हुन् ।

सिनेमामा उनको मुख्ख भूमिका रहने विराजले जनाएका छन् । छोटो समयमै म्यूजिक भिडियोमा स्थापित सनिशाले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी र्पयो’, ‘साइँली’, ‘लुम्बिनी कर्णाली’ जस्ता दुई दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् । अब ‘१२ गाउँ’बाट उनी सिनेमामा आफ्नो करिअर सुरु गर्दैछिन् ।

यही वर्ष छायांकनको तयारी गरिएको ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने उनका छोरा समीर भट्टको पनि अभिनय रहनेछ । यो सिनेमाबाट सनिशासँगै पूर्वमिस नेपाल इन्टरनेसनल–२०२२ न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । सिनेमामा खलनायकको भूमिकामा कनिज कोइरालाको अभिनय रहनेछ । सिनेमालाई विराज स्वयंले निर्माण गर्नेछन् ।

सिनेमाको सन्तोष सरकारले कथा तथा पटकथा लेखेका हुन् । विराजले सिनेमालाई लार्ज स्केल निर्माण गर्दैछन् । एक्सन प्रधान सिनेमाका लागि उनले दक्षिण भारतीय सिनेमाबाट द्वन्द्व निर्देशक लिएका छन् । कयैन् तमिल सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भाको सिनेमामा द्वन्द्व निर्देशनसँगै खलपात्रको भूमिका अभिनय पनि गर्ने बताइएको छ ।