विराजको ‘१२ गाउँ’को वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रव्युसनले गर्ने

विराजको ‘१२ गाउँ’को वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रव्युसनले गर्ने

द सिनेमा टाइम्स
4.1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विराज भट्टको निर्देशनमा निर्माण हुने सिनेमा ‘१२ गाउँ’को काठमाडौं उपत्यका वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मस्ले र मोफसल वितरण अधिकार कुवेर सिने डिष्ट्रव्युसन प्रालीको लिएको छ । मंगलबार वितरक र अभिनेता तथा निर्माता भट्टले लिखित सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

वैशाखको अन्तिमदेखि छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अहिले कलाकार छनोट लगायतको प्रि-प्रोडक्सनको काम भैरहेको छ । हालसम्म सिनेमाको मुख्य भुमिकामा विराजका अलवा उनका छोरा समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, नरेन खड्का, कनिज कोइराला, कालु राना, मुरलीधर, तमिल सिनेमाका चर्चित खलपात्र सिल्भा मास्टर लगायतका कलाकारको अभिनय रहनेछ ।

विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा सिल्भा मास्टरको द्धन्द्ध निर्देशन समेत रहनेछ । सिनेमाको कथातथा पटकथा सन्तोष सरकारले लेखेका हुन् । पहिलो सेड्युल काठमाडौं र आसपासमा रहेको, त्यसपछि विरगञ्ज, हेटौंडा लगायतका स्थानमा फिल्म खिचिने छ ।