‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेठ १० गते रिलिज हुने सिनेमा ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक गीतका दृश्यहरूले सिनेमाको थिम प्रस्तुत गरेका छन् ।

यो गीतमा आर्यन, अञ्जना, प्रदीप र परीक्षाको अन्तरजातीय प्रेम, दोधारमा परेका पललाई फिचर्ड गरिएको छ । गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको संगीत तथा देवेन्द्र बराल र मुना ठटालको स्वर सुन्न सकिन्छ ।

सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमा दिनेश राउतले निर्देशन गरेका हुन् । सिनेमाको कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले प्रकाशमा सहकार्य गरेका थिए । सिनेमालाई संगीतकार सुवास भुषालले निर्माण गरेका हुन् । सिनेमाका गीतमा संगीत समेत उनी आफैले भरेका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको सिनेमामा भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । यो सिनेमालाई नेपालमा आरआर फिल्मस् र विदेशमा एमएसएमले वितरण गर्दैछन् ।