‘रुमानी रङ्ग’को नेपाल वितरकमा रिच र एफडी

‘रुमानी रङ्ग’को नेपाल वितरकमा रिच र एफडी

द सिनेमा टाइम्स
315
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायांकनको तयारीमा रहेको सिनेमा ‘रुमानी रङ्ग’ वितरण अधिकार काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले किनेको छ । मंगलबार निर्माता र वितरकबीच सम्झौता पत्रमा लिखित सम्झौता भएको हो ।

अनिल योञ्जनको निर्देशन रहने सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भुमिका रहनेछ । उनीहरुले ‘इन्टु मिन्टु लन्डनमा’ पछि दोश्रो पटक अनस्क्रिन रोमान्स गर्ने लागेका हुन् । उनीहरु लगभग पाँच वर्षपछि एकसाथ पर्दामा आउन लागेका हुन् । ‘इन्टु मिन्टु लन्डनमा’मा उनीहरुको जोडीलाई दर्शकले खुबै मनपराएका थिए ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने सिनेमामा जिएम ठकुरी प्रस्तुकर्ता र हरि मल्ल ठकुरी निर्माता हुन् । यो सिनेमामा कथा, पटकथा र संवाद निर्देशक योञ्जनकै रहनेछ । सिनेमाको अष्ट्रेलियामा ९० प्रतिशत सुटिङ हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ ।

यसअघि यो टिमले एक्सन थ्रिलर ‘लाखे’ निर्माण गरेको थियो । सिनेमामा आविस्कार बहुसंचार प्रालिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ । यो कम्पनीले ‘डमरूको डण्डीवियो’, ‘नेप्टे’, ‘क्यापटेन’ तथा ‘ए मेरो हजुर’ लगायतका १० बढि नेपाली सिनेमाको अष्ट्रेलियामा वितरण गरिसकेको छ ।

सिनेमाले सजिलोसँग तोडिने र गाह्र्रोसँग जोडिने मायालाई हसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुःखसमेत देखाउनेछ । सिनेमाले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ । निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ ।

महेश पौडेलको सिनेम्याटोग्राफी रहने सिनेमामा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माताको रुपमा रहने छन् ।