पुर्णेन्दु झाको लेखन तथा निर्देशनमा ‘लेबर’ निर्माण घोषणा

पुर्णेन्दु झाको लेखन तथा निर्देशनमा ‘लेबर’ निर्माण घोषणा

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पुर्णेन्दु झाले सिनेमा ‘लेबर’को घोषणा गरेका छन् । सिनेमाले विदेशिन बाध्य नेपाली र विदेशिन वाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गर्ने औपचारिक घोषणा कार्यक्रममा जानकारी दिइएको हो ।

राजधानीमा आयोजित घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले सिनेमाले लेबर र सरकार बीचको कथा भन्ने बताए । ‘हाम्रो देशबाट लेबरको काममा विदेशिन सङख्या बढी छ । उनीहरूको आ-आफ्नै कथा छ । ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्याउनु पर्छ भन्ने लागेर हामीले सिनेमा निर्माण गर्दैछौं’, निर्देशक झाले भने ।

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने सिनेमालाई मैथली भाषामा निर्माण हुँदैछ । यद्यपि यो सिनेमा नेपाली र भोजपुरीमा प्रदर्शन गरिनेछ । ‘हामीले बाहिर त बजार बनायौं तर नेपालमै मधेशमा स्वदेशी सिनेमालाई दर्शकले साथ दिएका छैनन् । यही कारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ’, उनले भने ।

सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह-निर्माता रहेको सिनेमालाई निर्देशक झासँगै नरेश मिश्राले लेखेका छन् । उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकार अहिले तय भएको र अन्य कलाकार छिटै घोषणा गरिने निर्देशक झाले बताए ।

कार्यक्रममा पूर्व राजदुत सूर्यनाथ मिश्र, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, कलाकार रवीन्द्र झा, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक गणेशदेव पाण्डे, लेखक समीप्याराज तिमल्सेना लगायतको उपस्थिति रहेको थियो ।

सिनेमामा प्रवेश मल्लिकको संगीत तथा पाश्र्वसंगीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, मल्लाज अडियो वर्कसको साउण्ड डिजाइन तथा मिक्सिङ, अक्की थेक्पाको कला निर्देशन रहेको छ ।

सिनेमा ‘लेबर’ लाई वर्ष २०२४ को अन्तिम महिना डिसेम्बरमा प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ ।