विराटनगर प्रिमियर पश्चात पूर्वी नेपालका दर्शक भेट्दै ‘मनसरा’ टिम

विराटनगर प्रिमियर पश्चात पूर्वी नेपालका दर्शक भेट्दै ‘मनसरा’ टिम

द सिनेमा टाइम्स
301
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो सिनेमा ‘मनसरा’ आज शुक्रबारबाट आएको छ । बुधबार काठमाडौंमा प्रिमियर गरिएको सिनेमाको बिहीबार साँझ क्युएफएक्स विराटनगरमा प्रिमियर गरिएको थियो । सिनेमाले दुवै ठाउँको प्रिमियरमा उपस्थित पाहुनाबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

बिहीबार प्रिमियरको लागि पूर्वी नेपालको विराटनगर पुगेको सिनेमाको टिमले शुक्रबार विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो । पूर्वका विराटनगर, इटहरी तथा धरानका विभिन्न हलमा पुगेको सिनेमाको निर्माण टिमले दर्शकसँग भेटेर साक्षात्कार गरेको हो । सिनेमाको शुक्रबार राजधानीमा बिहानी शोमा दर्शक अकुपेन्सी मध्येम रेहपनि दिउँसोबाट बढेको देख्न सकिन्छ ।

मोफसलमा बिशेष गरी पुर्वी नेपालका सिनेमा हलमा भने शुक्रबार बिहानी शोबाटै हाउफूल दर्शकको चाप देखिएको हो । हल हाउसफूल भएपछि दर्शक प्रतिक्रिया लिने क्रममा सिनेमालाई उत्कृष्ट वडअफ माउथ मिलेकाले शनिबारबाट हलमा दर्शकको फ्लो बढ्ने विश्वास निर्माण टिमलाई छ । शनिबार दमक र विर्तामोड पुगेर दर्शक प्रतिक्रिया लिने तयारी निर्माण टिमको छ ।

सिनेमाका निर्माता शैलेन्द्र डी कार्कीले दर्शकमा उत्कृष्ट प्रतिक्रिया मिलेको र पुर्वी नेपालमा देखिएको दर्शक चाप विस्तारै नेपालभरीका हलमा देखिने विश्वास व्यक्त गरे ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

सिनेमामा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन सिनेमामा रहेकोछ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् । बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ । क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।