‘होस्टेल ३’बाट डेब्यु गर्दै पारस बम

‘होस्टेल ३’बाट डेब्यु गर्दै पारस बम

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘कुल ब्वाई’को रुपमा परिचित पारस बम ठकुरीले सिनेमामा अभिनय गर्ने भएका छन् । उनले सिनेमा ‘होस्टेल ३’बाट डेब्यु गर्न लागेका हुन् । बुधबार उनीसँग कार्यकारी निर्माता शंकर कोइरालाले कागजी सम्झौता गरेका थिए ।

पारसलाई सिनेमाको महत्त्वपूर्ण भूमिकामा लिइएको निर्देशक सशान कँडेलले बताए । सिनेमाले माग गरेको पात्रमा पारस उत्तम हुने भएपछि उनलाई लिइएको निर्देशक कँडेल बताउँछन् । पारस गायक समेत हुन् । उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस्’ गीतहरु चर्चित छन् ।

उनले अभिनयमा आफूले पाइला चाल्न लागेकोमा खुसी व्यक्त गर्दै ‘होस्टेल’ जस्तो लिगेसी बोकेको सिनेमाबाट डेब्यु गर्न पाउनु भाग्यको कुरा रहेको बताए । उनले दर्शकलाई निराश नगर्ने पनि वाचा गरेका छन् ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर्स र उनीहरुको भविष्यका घटनामा आधारित रहेर बन्न लागेको सिनेमामा माधव शर्माको स्क्रिप्ट लेखन छ । सिनेमाको कथा निर्देशक कँडेलकै हो ।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँग सहकार्य गरेर निर्माण हुन लागेको सिनेमाको निर्मातामा शिशिर ज्ञवाली रहेका छन् भने सह-निर्माता सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् । ‘होस्टेल ३’लाई यो वर्षको अन्त्यतिर प्रदर्शनको तयारी गरिएको छ ।