‘मनसरा’को ‘एक तार मनको’ गीत रिलिज

‘मनसरा’को ‘एक तार मनको’ गीत रिलिज

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट रिलिज भएको ‘मनसरा’ सिनेमाले नयाँ गीत रिलिज गरेको छ ।

सिनेमाले आइतबार ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ ।

गीतको भिडियोमा सिनेमामा ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राईमाथि फिल्माइएको छ ।

करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’सँगको निकटतालाई प्रस्तुत गरिएको छ ।

गीतले यिनै भावहरुलाई पस्किएको छ। सिनेमामा नेनाहाङ अभिनेत्री मिरुना मगरका छोरा बनेका छन् ।

हाल प्रदर्शनरत; यो सिनेमाले दर्शकसँगै समीक्षकहरुबाट पनि तारिफ बटुलिरहेको छ । उपेन्द्र सुब्बा निर्देशित सिनेमामा प्रविण, मिरुनाका अलावा मेनुका प्रधान तथा दयाहाङ राईको प्रमुख भूमिका रहेको छ ।