‘भाईरल गोर्खे’मा ऋषि धमलाको दृश्यको छायांकन, लिए सौगातको अन्तर्वार्ता

‘भाईरल गोर्खे’मा ऋषि धमलाको दृश्यको छायांकन, लिए सौगातको अन्तर्वार्ता

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको सिनेमा ‘भाईरल गोर्खे’मा पत्रकार ऋषि धमलाले अभिनय गरेका छन् । सोमबार सिनेमाका मुख्य अभिनेता सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको हो । सिनेमामा उनी पत्रकारकै भूमिकामा देखिने छन् ।

छायांकन सेटबाट प्राप्त एक तस्वीरमा धमला र सौगातले हात मिलाएको देखिन्छ भने पृष्ठभूमिमा ‘सरकार जान्न चाहन्छ ?’ भनेर लेखिएको निलो ब्यानर राखिएको छ । सिनेमामा सौगात उटपट्याङ काम गरेर सामाजिक सञ्जालमा भाइरल भएको पात्रको भूमिकामा छन् । उनको अन्तर्वार्ता लिन गएको सन्दर्भको दृश्यमा धमला देखिनेछन् ।

सिनेमामा उनको भूमिका अर्थपूर्ण रहेको निर्देशक निगम श्रेष्ठले बताएका छन् । ‘भाइरल गोर्खे’मा सौगात र धमलाका अलवा सृष्टि श्रेष्ठ, लक्ष्मी गिरी, बुद्धि तामाङ लगायतको पनि अभिनय छ । सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण हुने सिनेमालाई अमर महर्जनले खिच्ने छन् । सिनेमामा बिशाल ताम्राकार र महेश लामिछानेको लगानी रहनेछ । सिनेमाको छायांकन लम्जुङ, गोरखा र चितवनमा हुनेछ ।