‘खजुरे ब्रो’को रोमान्टिक गीत ‘मैले फकाएर मात्र’ सार्वजनिक

‘खजुरे ब्रो’को रोमान्टिक गीत ‘मैले फकाएर मात्र’ सार्वजनिक

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् बैशाख २८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘खजुरे ब्रो’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मैले फकाएर मात्र’ बोलको गीतमा अनमोल गुरुङको शब्द, संगीत र स्वर रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

सार्वजनिक गीतमा सिनेमा मुख्य पात्र रेअर राइ र नीति शाह फिचर्ड छन् । नीति शाह सिनेमाको मुख्य पात्र खजुरेको सपनाको रानी बनेकी छन् । रोमान्टिक भावको गीतमा खजुरेको ड्रिम गर्ल बनेकी नीति सुन्दर देखिएकी छन् ।

रेअर राइ र नीति शाह मुख्य भूमिकामा रहेको सिनेमामा नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ । सिनेमाको निर्देशक सुरज सुनुवार हुन् ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा सिनेमा निर्माण गरेको हो । नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको सिनेमामा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माताको रुपमा रहेका छन् ।

डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’लाई शिशिर बिशंखेले खिचेका हुन् । सिनेमामा मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ । रोहित रत्नको आरआर फिल्मस्ले सिनेमा वितरणको जिम्मा लिएको छ ।