प्रकाश सपुतपछि ‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन भुषाल अनुबन्धित

प्रकाश सपुतपछि ‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन भुषाल अनुबन्धित

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको रुपमा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । यसअघि नै सिनेमाको मुख्य भूमिकामा गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्ध भइसकेका छन् । अभिनेता मुकुन भुषालसँग पनि निर्माणपक्षले केही दिनअघि मात्रै लिखित सम्झौता गरेको हो ।

डेब्यु सिनेमा ‘बुलबुल’मा चोपेन्द्रको भूमिकाबाट चर्चामा आएका मुकुनले ‘पूर्ण बहादुरको सारङ्गी’मा आफ्नो भूमिका पृथक रहेकोले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने– ‘एउटा कलाकारमा फरक चरित्रको भोक सधैँ रहन्छ । मैले यो सिनेमामा पाएको भूमिका साँच्चिकै विशेष छ । सिनेमालाई लिएर उत्साहित छु ।’

सरोज पौडेलको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको सिनेमाको आगामी जेठ दोस्रो साताबाट छायांकन सुरु हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा नेपाली सिनेमाको वितरण गर्दै आएको कम्पनी सेभेन सीज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माणमा हुन लागेको पहिलो सिनेमालाई आगामी वर्ष २०८२ मा प्रदर्शनको लक्ष्य राखिएको छ ।

सिनेमाको निर्मातामा विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् । महेश दवाडीको पटकथा तथा संवाद लेखन रहेको सिनेमामा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।