‘सिकन्दर’मा सलमानको जोडी रश्मिका

‘सिकन्दर’मा सलमानको जोडी रश्मिका

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एआर मुर्गादोसको निर्देशकनमा निर्माण हुने बलिउड अभिनेता सलमान खानको सिनेमा ‘सिकन्दर’को मुख्य अभिनेत्रीमा रश्मिका मन्दना अनुबन्धित भएकी छन् । सिनेमाको मुख्य अभिनेत्रीमा रश्मिका मन्दना अनुबन्धित भएसँगै सिनेमाको कास्टिङलाई लिएर चर्चा सुरु भएको हो ।

बलिउड अभिनेता सलमानसँग रश्मिकाको यो पहिलो सिनेमा हुनेछ । निर्माता साजिद नाडियाडवालाले इन्स्टाग्राममा एक पोस्टर सेयर गर्दै रश्मिकालाई स्वागत गरेका छन् । गतवर्षको ब्लकबस्टर सिनेमा ‘एनिमल’को सफलतापछि रश्मिका बलिउड सिनेमा ‘सिकन्दर’मा सलमानसँग काम गर्न लागेकी हुन् ।

सिनेमामा सलमान र रश्मिकाको जोडी बाँधिने भएपछि दर्शकमा उत्साह पैदा गरेको छ । यो सिनेमा सन् २०२५ को इदमा प्रदर्शन हुने बताइएको छ । साजिद नाडियाडवालाले निर्माण गर्ने यो सिनेमालाई अर्को वर्षको प्रतिक्षित सिनेमाको सुचीमा राखिएको छ ।

सिनेमाको मुख्य भुमिकामा अनुबन्धित भएपछि एक पोस्ट सेयर गर्दै रश्मिकाले लेखेकी छन्, ‘तपाईहरु लामो समयदेखि मलाई नयाँ सिनेमाको बारेमा सोध्दै हुनुहुन्थ्यो र यो यहाँ छ । म साँच्चै कृतज्ञ छु र सम्मानित महसुस गरेकी छु । सिकन्दरको हिस्सा बन्न पाउँदा खुसी छु ।’

नाडियाडवाला ग्राण्डसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको अन्य कास्ट एण्ड क्रिउ सार्वजनिक भैसकेको छैन् । चाँडै सिनेमाको छायांकन सुरु गरिने जानकारी बलिउड मिडियाले सार्वजनिक गरेका छन् । सलमान खान र साजिद नाडियाडवाला ‘सिकन्दर’को लागि फेरि एकसाथ आउँदैछन् ।